जुम्ला जाजरकोट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

  ।   २४ श्रावण २०७८, आईतवार १६:५७

जुम्ला जाजरकोट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी सम्मको बीचमा सुरुङ निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन शुरु भएको हो ।
जाजरकोट सदुमरकाम खलंगा देखि पाँचकाटिया हुदै कुशे ८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सम्मको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको पुर्वमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार सडक डिभिजन कार्यालय चौरजहारीले प्रक्रिया थालिसकेको छ । सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन संगै जुम्ला जाजरकोट सडक सञ्जालमा छिटै जोडिने अपेक्षा राखिएको छ । अहिले जुम्लाबाट पनि जाजरकोट जोड्ने सडक खनिरहेको अवस्था छ । जाजरकोट पाँचकाटिया हुदै हानी सल्ला काइल्दापाखा सिल्पाचौर हुदै बारेकोट जोड्ने सडक निर्माणको काम जारी नै रहेको छ ।
जाजरकोट– डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए । यो आर्थिक बर्षमा सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले बताए ।
जुम्ला जानका लागि सबै भन्दा छोटो बाटोमध्येको सुरुङ मार्ग नै हुने भएकाले यो निर्माण कार्यलाइ बढी जोड गरिएको पुर्वमन्त्री बस्नेतले जानकारी दिए । जाजरकोट जुम्ला सडक जोड्नका लागि अब दुई खण्डको विकास भइरहेको उनी बताउँछन ।
साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झण्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झण्डै पाँच किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
हिँडेर झण्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । लम्बिनी– दाङहुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम शुरु गर्न लागिएको हो । जुम्ला जाजरकोट सडक सञ्जालमा जोड्नको लागि जुम्ला देखि पनि पहल भइरहेको छ । जुम्लाको टोप्ला हुदै जाजरकोटको सिमाना इमिल्चाघारी सम्म सडक पुगिसकेको छ । अब सुरुङ संग जोडिएको खण्डमा निकै छिटो जाजरकोट जुम्ला संग जोडिने छ ।

Next Post

कि सास चाहियो, कि लाश चाहियो, कित न्याय चाहियो

२४ श्रावण २०७८, आईतवार १६:५७
यही जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो । प्रहरीले त्यो शवलाई निकाले । त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो । हड्डी मात्र बाँकी थियो । शव नचिनिने अवस्थामा थियो । शवको लम्बाइ, चौडाइ,उचाइ र छातिको भाग […]

सम्बन्धित