सुर्य डाँगीको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री

  ।   ३ मंसिर २०७८, शुक्रबार ०७:०६

जुम्ला तातोपानी गाउँपालिका ५ श्रीनगरका सर्य डाँगीले जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका छन ।
उनले ३४ औँ जन्मदिनको अवसरमा गाउँमा रहेको कालिका आधारभुत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीले ८० जना बालबालिका कापी, कलम,पेन्सील,कटर लगायतका शैक्षिक सामग्री बितरण गरिएको बताए । प्रत्येक विद्यार्थीलाई कापी दुई वटा, पेन्सली दुई वटा, कटर एक र इलेजर एक वटाका दरले शैक्षिक सामग्री प्रदान गरिएको हो । यो शैक्षिक सामग्री सहयोगले बालबालिकाको अध्ययनमा सहयोग गर्ने डाँगी बताउँछन ।
उनले भने,‘जन्मदिनको अवसरमा विद्यालयका बालबालिकालाई सामान्य भएपनि शैक्षिक सामग्री दिन पाउँदा उत्साहित छु । सबैले शिक्षा क्षेत्रमा लगानी गरेको खण्डमा बालबालिकाको भविष्य उज्ज्वल हुनेछ । ’
उनले विद्यालयलाई खेलकुदका सामग्री पनि उपलव्ध गराएका हुन । प्रधानाध्यापक खत्रीले जन्मदिनको अवसरमा डाँगीले मादल एक वटा, भलिवल एक वटा र खेल खेल्ने डोरी चार उपलव्ध गराएका हुन । प्रधानाध्यापक खत्रीले विद्यालयलाई खेलकुद सामग्री र बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको भन्दै विद्यालयले जन्मदिनमा गरिएको यो सहयोगले निकै महत्वपुर्ण सन्देश दिएको बताए ।
उनले अघिल्लो बर्ष ३३ औँ जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । ५ नम्बर वडा भरीका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेका डाँगीले यो बर्ष बालबालिका केन्द्रीत सहयोग गरेका हुन ।
७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, सहिद परिवार र अपांङता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको थिँए । महिलालाई न्यानो पछ्यौरा र पुरुषलाई न्यानो टोपी, गलबन्दी दिएको थिँए । उनले भने,‘यो पटक बालबालिकालाई शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री दिएको छु । शिक्षा क्षेत्रमा सानो भएपनि जन्मदिनको अवसरमा सहयोग गर्न पाउँदा सन्तुष्ट छु ।’
फजुल खर्च गर्नु भन्दा सामाजिक मनोभावनाको काम गर्न आफु प्रेरित हुने उनी बताउन्छन् ।

Next Post

सिँजा सभ्यता विधेयक इतिहास बचाउने अस्त्र

३ मंसिर २०७८, शुक्रबार ०७:०६
जुम्लाका संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्य सिँजा सभ्यता विकास विधेयक माथिको छलफलका लागि कनकासुन्दरी गाउँपालिकाको लामाथाडामा पुगे। उनको एउटै चाहना थियो, ‘आफूले जानेको खस सभ्यताको इतिहासबारेमा जानकारी दिने र सिँजा सभ्यता विकास विधेयक माथि सुझाव दिने।’ उनको लागि यो एक स्वर्णिम अवसर थियो। त्यो अवसर कर्णाली प्रदेश संसद सचिवालयले जुटाइदियो। […]