स्थानीयतह निर्वाचनको तयारी तीब्र

  ।   १२ फाल्गुन २०७८, बिहीबार ०७:३४

जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीयतह निर्वाचनको तयारी तीब्र पारेको छ । सरोकारवाला संग छलफल संगै अन्य निर्वाचनको काममा तीब्र रुपमा लागेको हो । आगामी बैशाख ३० गते तोकिएको निर्वाचनका लागि वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउने छन ्।
नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीयतहबाट उपलब्ध हुने जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकृत महेश शर्माले बताए । तर, पुराना मतदाता, जसको मतदाता परिचय पत्र हराएको छ वा नष्ट भएको छ, उनीहरुले के गर्ने? भन्ने प्रश्नमा निर्वाचन अधिकृत शर्माले भने,‘निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गराउँदैछ । परिचयपत्र हराए वा नष्ट भएको भए मतदाताले जिल्ला निर्वाचन कार्यालय मार्फत पाउने छन ्। त्यसका लागि मतदाताले सम्बन्धित वडाको सिफारिस लिएर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सुचित गरिएको छ ।’
सभ्य नेपालीको पहिचान दिएर आफ्नो मताधिकारको प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालय जुम्लाले आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले यही फागुन २० गते सम्म मतदातालाई आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा गरेर निवेदन दिन भनेको छ ।

जुम्लाका ८ वटै स्थानीयतहरुमा मतदाताको परिचयपत्र हराए वा नष्ट भएको भए मतदाताले जिल्ला निर्वाचन कार्यालय मार्फत पाउने भएकोले जानकारीका लागि अनुरोध गरिएको छ । मतदाताले सम्बन्धित वडाको सिफारिस लिएर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने प्राब्धान रहेको निर्वाचन अधिकारी शर्मा बताउँछन ।
निर्वाचन प्रमुख शर्माका अनुसार अहिले पनि इलाका प्रशासन कार्यलय नराकोट र प्रशासन कार्यलय जुम्ला नामावली संकलन भइरहेको छ । जुम्लामा ६९ हजार ३ सय ३५ जना मतदाता छन् । ३६ हजार १ सय ९८ पुरुष, ३३ हजार १ सय ३७ महिला मतदाता रहेका छन ।
बाहिरी जिल्लाका २ सय २४ जनाको नाम दर्ता भएका छन् । जसमा पुरुष तर्फ १ सय ३० तथा महिला ९४ जना रहेका छन् । २०७४ साल भन्दा अहिले ६ हजार २ सय ७२ बढी थपिएका हुन । महिला ३ हजार ४० र ३ हजार २ सय ३१ थपिएका हुन । जुम्लामा ३ वटा मतदान स्थल थपिएको छ । दुईवटा कनकासुन्दरी एक वटा गुठिचौर गाउँपालिकामा थपिएका हुन । अहिले जुम्लामा ७९ वटा मतदानस्थल रहेका छन ।

Next Post

रोजगार बन्न सीप सिक्दै चन्दननाथका महिला

१२ फाल्गुन २०७८, बिहीबार ०७:३४
गोल्डेन बुढा, जुम्ला चन्दननाथ नगरपालिकाका महिला रोजगारी बन्न सीप सिक्न थालेका छन । उनीहरुले सीप सिकेर स्वरोजगार बन्ने अठोट लिएका हुन । आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्ने हेतुले सीप सिक्न थालेको चन्दननाथ ६ की संगिता रावलले जानकारी दिइन । उनले भनिन्,‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष […]