माओवादी केन्द्रले भन्यो- सीता दाहालको निधनबाट अपूरणीय क्षति

  ।   २७ असार २०८०, बुधबार ११:१४

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनु भएको छ ।’

वक्तव्यमा थप लेखिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’

Next Post

पार्किङ् गरी राखेको अटोमा आगजनी

२७ असार २०८०, बुधबार ११:१४
जुम्लाको गुठिचौर ४ बालुवामा रोकेर राखेको अटोरिक्सामा आगजनी गरिएको छ । पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगजनी भएको प्रहरी चौकी धवलमुडीका इन्चार्ज जगत ऐरले जानकारी दिए । उनका अनुुसार अटो पुर्णरुपमा जलेर नष्ट भईसकेको छ । टिभिएस कम्पनिको क १ ह ५३ नम्वरको अटोरिक्सामा आगजनी हुंदा ६ लाख ५० हजार […]