दुर्गममा भुकम्प प्रतिरोधी विद्यालय भवन

  ।   २१ पुष २०८०, शनिबार ०९:३७

जुम्ला ।
जुम्लाको दुर्गम क्षेत्रका विद्यालय भवनहरु भुकम्प प्रतिरोधी बन्न थालेका छन । पछिल्लो समयमा बारम्बार भुकम्पले तसाईरहने र कच्ची भवनहरु भत्किने र क्षति हुन सक्ने भएकोले भुकम्प प्रतिरोधी विद्यालय भवनहरु बन्न थालेका हुन । जिल्लाको हिमा गाउँपालिकामा दुई,सिंजा गाउँपालिकामा एक र कनकासुन्दरी गाउँपालिकामा २ वटा भुकम्प प्रतिरोधी विद्यालयका भवनहरु बनेका हुन ।
पाँच विद्यालयमा चारकोठे पक्की भवन,४ वटा बालमैत्री,अपाङ्गमैत्री भवन, ४ वटा शौचालय र ३ वटा हेण्ड वासिङ स्टेशन बनेका हुन । हिमा स्थित भैरब आधारभुत विद्यालय जोगिबाडा र महादेव आधारभुत विद्यालयका भवन भुकम्प प्रतिरोधी बनेका हुन ।
कनकासुन्दरीका भैलापाटा आधारभुत विद्यालय र गोरुचौर आधारभुत विद्यालय भुकम्प प्रतिरोधी बनेका हुन । यी चारवटा विद्यालय गरेर २ करोड ४७ लाख ३ हजार ५ सय ३३ रुपैयॉ खर्च भएको छ । सिंजा गाउँपालिकाको माध्यमिक विद्यालय जोडुमा ६५ लाख ३३ हजार ४ सय १४ रुपैयाँमा भवन बनेको हो नयाँ निर्माणसंगै मर्मतसंभार,कक्षाकोठा,शौचालय,हातधुने स्टेशन खानेपानी सुविधा र हरियो बगैंचाको मर्मतको काम समेत भएको हो ।
यी पाँच विद्यालय विद्यालय भवन बालमैत्री, अपागमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठासहितको सुविधा तथा विशेषता नयाँ विद्यालय भवनबाट सुरु हुने जनाइएको छ ।
गत बर्षको असोज महिनामा परेको बेमौसमी बर्षाले सिंजाको जोडु विद्यालयमा क्षति पुगेको थियो । विद्यार्थीहरु खुलाचौरमा बसेर पठनपाठन गरिरहेका थिए । प्रधानाध्यापक नरबहादुर बुढाले भने,‘भुकम्प प्रतिरोधी नयाँ विद्यालय बनेसंगै विद्यार्थील्े सुरक्षित तरिकाले बस्न र पढ्न पाउन थालेका छन । ’
प्रधानाध्यापक बुढाले दुर्गमका विद्यालय भुकम्प प्रतिरोधी बन्न थालेपछि स्थानीय अभिभावकहरु दंग भइरहेको बताए । उनका अनुसार अहिले बनेका पाँचवटै विद्यालय सुविधासम्पन्न भुकम्परहित भएकोले त्रासरहित वातावरणमा पठनपाठन हुने देखिन्छ ।

उनले भने, ‘अहिले पनि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । मौसम खराबी भए घर फर्किनुपर्ने अवस्था छ,।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेश नेपाल, जुम्लाद्वारा सञ्चालित आधार परियोजना विद्यालय भवन बनाएको हो । पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले दुर्गमका पाँच विद्यालय भुकम्परहित बनेको बताए । उनका अनुसार गाउँमा यति सुविधा सम्पन्न विद्यालय बनाउनु राम्रो भएको बताए । कतै अत्यावश्यक र कतै मागमा आधारित भएर भवनहरू निर्माण गरिएको न्यौपानेले जानकारी दिए । विद्यार्थीहरुले नयाँ शैक्षिकसत्र देखि भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो समयमा दुर्गममा भुकम्प प्रतिरोधी विद्यालय भवनहरु बन्दा पठनपाठन निकै सुरक्षित हुने गरेको बताए । उनले भवनको सहीरुपमा सदुपयोग र संरक्षण गर्न शिक्षक अभिभावकहरुलाई आग्रह समेत गरे ।

Next Post

चिसो बढेपछि मुगु अस्पतालमा बिरामीको चाप

२१ पुष २०८०, शनिबार ०९:३७
मुगु — अत्यधिक सुक्खा जाडो बढेपछि ठिनीस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो, रुघाखोकी, दम, घाँटी दुख्ने, टाइफाइड लगायत रोगका लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पतालका डा.अर्जुन भामले जानकारी दिए । चिसोले गर्दा भाइरल ज्वरो फैलिएको र ज्वरोबाट बालबालिका र बुढापाका बढी प्रभावित देखिएको उनले बताए । अस्पतालमा आएका बिरामीको […]