सिँजाका युवाले बनाए गाडी,सडकमा गुडेपछि स्थानीय चकित

  ।   ४ बैशाख २०७८, शनिबार ०८:२९

जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन । उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन । सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन ।
गाउँमै युवाले गाडी बनाएर गुडाईदिएपछि स्थानीय चकित भएका छन । दुवै जना सानै देखि नयाँ प्रविधि संग खेल्न रुचि राख्थे । तर घरपरिवारले त्यो क्षेत्रमा लाग्न दिएका थिएनन । गत कार्तिक देखि गाडी बनाउने योजना बनाएका दुई युवाले फागुन महिना देखि गाडी बनाउन थालेका थिए ।
पुजीँको अभाव थियो । गाडी बनाउनको लागि साधनस्रोत खरिद गर्न सकिने अवस्था थिएन,प्रशान्त वडका दाजु रतन वडले भने,‘कालापहाड गएर रुपैयाँ कमाएर आएपछि गाडी बनाउन शुरु गरेका थिए । बनाएर छाडे । ’
घरपरिवारले गाडी बनाउने प्रस्ताव लैजाँदा वाहियात भनेका थिए । गाउँमा बस्ने केटाले गाडी बनाउलान भन्ने आश थिएन । तर एक्कासी सडकमा ल्याएर गुडाउन थालेपछि मात्र विश्वास लाग्यो । उनले भने,‘साधनस्रोत र व्यवहारीक ज्ञान प्रदान गर्न सकेको खण्डमा खासै टाढाको बिषय रहेनछ । ’
पहिलो दिन एक किलोमिटर सम्म गाडी गुडाए । सिँजा क्षेत्रभरी चर्चा चल्यो । अर्को दिन गाउँपालिका अध्यक्ष सहितको जनप्रतिनिधिको टोली बोलाएर औपचारिक रुपमा उद्घाटन गरे । त्यो दिन एक सय मिटर सम्म गाडी गुडाए । उनीहरुलाई गाउँलले सम्मान गरे ।
केही सामान भारतबाट ल्याएका उनीहरुले सामान्य मेसिन र वल्डिङ गर्ने मेसिन नजिकैको हार्डवयरबाट खरिद गरेका थिए । यो गाडी डिजेल र पेट्रोलबाट चल्दैन । प्रशान्तले भने,‘सोलार सिस्टमले काम गर्छ । ’ अहिले सम्मको जम्मा खर्च ७० हजार रुपैयाँ पुगेको छ । भर्खर सडकमा हिड्ने सम्म बनायौँ,उनले भने,‘आवश्यक फिनिसिङ गर्न बाँकी छ । आर्थिक अभावका कारण अघि बढ्न सकिएको अवस्था छैन । कसैले साथ दिएको खण्डमा जुम्लामै गाडी बनाउन सकिन्छ । ’
सिँजा गाउँपालिकाका प्रवक्ता वडा नं. २ का अध्यक्ष नविन कुमार शर्मा कर्णालीमै पहिलो पटक गाडी बनाएर सडकमा गुडाउनु निकै ठुलो उपलब्धि भएको बताउँछन ।
गाडी बनाउन शुरु गर्दा कसैले संभव देखेका थिएनन । तर प्रत्यक्ष सडकमा गाडी गुडेपछि चकित नै भए । उनले भने,‘गाउँमै गाडी बनाएपछि गाउँपालिकाको पहिचान बदलिएको छ । युवाहरुको यो काम प्रसंसनीय छ । ’
रतन वडले भने,‘असंभव मानेको थियौँ । अन्य काम गर गाडी बनाउन नलाग । अनावश्यक समय खर्च नगर भनेर परिवारले सुझाव दियौँ । उनीहरुले गाडी बनाएर देखाउने बचन दिए । अन्त्यमा सडकमा पनि गुडेको देखाएर छाडे । आवश्यक ज्ञान सीप नलिइकन गाडी बनाउनु कम चुनौति थिएन । ’ घरपरिवारले दिउँसो घरायसी काम गर्न लगाउँथे । विहान बेलुकाको समयमा गाडी तयार बनाइ छाडे ।
प्रशान्त एसएलसी पढेर छाडेका हुन । अज अहिले जेटिए पढ्दैछन । तर जे बिषय पढेपनि गाडी बनाइछाडे । प्रशान्त सानै देखि बिग्रिएका घडि, रेडियो, मोवाइल बनाउथे । एक पटक उनले रिमोटबाट खोल्ने ढोका बनाए । उनको ढोकामा ताला झुण््डाउनु पर्थेन । उनले मोवाइलमा पासवर्ड बाट ढोका खोल्ने प्रविधिको विकास गरे । आफ्नो घरको लागि मात्रै हावाबाट विजुली उत्पादन गरे । फलस्वरुप उनीहरुले प्रशान्त र अज नामको गाडी निर्माण गरेर चलाउन थालेका छन ।
सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाउँमै साधनस्रोतको अभावका बीच गाडी बनाएर गुडाउन सक्नु निकै चुनौतिपुर्ण कार्य भएको बताउँछन । उनले भने,‘गाउँका युवा पनि गाडी बनाएर सडकमा गुडाउन सक्ने हैसियत राख्छन भन्ने सन्देश सिँजाले दिएको छ । यी युवाहरुलाई आवश्यक पर्ने तालिम दिन गाउँपालिका तयार छ । आवश्यक स्रोत साधनको जुगाड समेत गरिदिन्छौँ । गाडीको बोडीमा काठ र प्लाइउडको प्रयोग गरिएको छ ।

Next Post

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

४ बैशाख २०७८, शनिबार ०८:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी […]