सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन : परराष्ट्रमन्त्री ज्ञवाली

  ।   १२ बैशाख २०७८, आईतवार १३:५८

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि तत्काल देशभर लकडाउनको सम्भावना नरहेको उनको भनाइ छ ।

‘तत्काल राष्ट्रिय रूपमा लकडाउन गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो । लकडाउन समाधान हैन । अहिले भर्खर अर्थतन्त्र तंग्रिन थालेकाले सकभर अर्थतन्त्रमा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना हो,’ सत्तारूढ एमालेका प्रवक्तासमेत रहेका उनले आइतबार पार्टीको दसौं महाधिवेशन आयोजक कमिटी बैठकबारे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भने ।

उनका अनुसार बैठकले एमाले कार्यकर्ता पंक्तिलाई कोभिड–१९ को नयाँ भेरियन्टविरुद्धको अभियानमा लाग्न निर्देशन दिने निर्णय गरेको छ । ‘पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट बढेको छ । यो अभियानमा कसरी पार्टी परिचालन गर्ने भन्नेबारे प्रधानमन्त्री एवं अध्यक्षले ब्रिफिङ गर्नुभयो । जिल्ला–जिल्लामा डेक्स राख्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्नेजस्ता काममा खट्न निर्देशन दिनुभएको छ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

Next Post

सेनाको बाहिनीमा बन्यो काञ्जिरोवा हिमाल,हेर्ने सबै मोहित

१२ बैशाख २०७८, आईतवार १३:५८
काञ्जिरोवा हिमाल कर्णालीको सबैभन्दा उच्च हिमाल हो । यो हिमाल कर्णालीको प्रमुख पर्यटकीय स्थल हो । काञ्जिरोवा हिमालको उचाई ६ हजार ८ सय ८३ मिटर छ । हिमाल सम्म पुग्न बाटो सहज छैन । जसका कारण आन्तरिक तथा बाह्य पर्यटक हिमाल सम्म पुग्न सकिरहेका छैनन । हिमाल टाढाबाटै देखिन्छ । […]

सम्बन्धित